26/06/2026
भाषा र साहित्यको जगेर्ना तथा जातीय सद्भावलाई थप सुदृढ़ बनाउने उद्देश्यका साथ सोरेङ, सिक्किममा आयोजित २१२ औँ राष्ट्रिय भानु जयन्ती समारोह, २०२६ को अवसरमा एक भव्य ‘राष्ट्रिय स्तरीय तर्क प्रतियोगिता’ सम्पन्न भयो। प्रतियोगितामा दार्जीलिङ पार्वतीय विश्वविद्यालय र कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किमका विद्यार्थीहरूबीच कड़ा प्रतिस्पर्धा भएको थियो।
कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किम: ३३७.६ अङ्क (विजेता)
दार्जीलिङ पार्वतीय विश्वविद्यालय: ३३५.६ अङ्क (उपविजेता)
मात्र २ अङ्कको झिनो अन्तरले कञ्चनजङ्घा राज्य विश्वविद्यालयले प्रतियोगितामा विजय हासिल गरे।
प्रतियोगितामा दार्जीलिङ पार्वतीय विश्वविद्यालयकी प्रतिभा सुश्री नेहा शेर्पा आफ्नो तार्किक क्षमता, प्रस्तुतीकरण र स्पष्टताका कारण 'उत्कृष्ट वक्ता' (Best Speaker) चयन भएकी छिन्। उनको यस सफलताले विश्वविद्यालयलाई गौरवान्वित तुल्याएको छ।
दार्जीलिङ पार्वतीय विश्वविद्यालयका प्रतिनिधिहरूले यस्तो महत्त्वपूर्ण राष्ट्रिय मञ्चमा सहभागिता जनाउने अवसर प्रदान गरेकोमा आयोजक समितिप्रति आभार व्यक्त गर्दैछौँ।
दार्जीलिङ पार्वतीय विश्वविद्यालयका टोली विवरण-
१- सुश्री उर्मी डोल्मा तामाङ (दल नायक)
२- सुश्री नेहा शेर्पा
३- सुश्री दिप्ती आले
४- सुश्री नेहा छेत्री
शिक्षकगण-
१- डा. मनोज लिम्बू
२- श्री विशाल विश्वकर्म