10/03/2026
सूचना!
कक्षा–१२ HISSAN Pre-Board Examination Routine – २०८२
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को बोर्ड परीक्षाको तयारीलाई मध्यनजर गर्दै HISSAN को समन्वयमा चैत्र १ गते बाट सञ्चालन गरिने "HISSAN केन्द्रीय परीक्षा २०८२" को तालिका तल प्रकाशित गरिएको छ।
सम्बन्धित सबै विद्यार्थीहरूलाई परीक्षा तालिकाअनुसार समयमै उपस्थित भई अनुशासित तथा मर्यादित ढंगले परीक्षा दिन जानकारी गराइन्छ। परीक्षासम्बन्धी आवश्यक सामग्री साथमा ल्याई निर्धारित समयभन्दा कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिन्छ।साथै, यस परीक्षाका लागि विद्यार्थीहरूको प्रवेशपत्र (Admit Card) वितरण भइरहेको जानकारी गराइन्छ। कलेजमा बुझाउन बाँकी रहेको शुल्क भए सो बुझाएर प्रवेशपत्र लिन सकिनेछ। सबै विद्यार्थीहरूलाई समयमै प्रवेशपत्र प्राप्त गरी परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
कलेज प्रशासन !