10/06/2026
यस विद्यालयका गौरवशाली पूर्व विद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, हाल निर्माण व्यवसायी एवं राजनीतिज्ञ श्री हुम बहादुर बाँठा ज्यूले श्री अरनिको माध्यमिक विद्यालयको ६५औँ वार्षिक उत्सवको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगिताको द्वितीय पुरस्कारका लागि रु. १०,०००/- सहयोग प्रदान गर्नु भएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व व्यवस्थापन समिति अध्यक्षको हैसियतले विद्यालयप्रति निरन्तर देखाउनु भएको माया, आत्मीयता र सहयोगी भावनाले विद्यालय परिवारलाई सदैव उत्साहित र गौरवान्वित बनाएको छ। विद्यार्थीहरूको खेलकुद प्रतिभा विकास तथा प्रतिस्पर्धात्मक भावनाको अभिवृद्धिका लागि प्रदान गर्नु भएको यस महत्वपूर्ण सहयोग अत्यन्त प्रशंसनीय र प्रेरणादायी रहेको छ।
विद्यालयप्रतिको उहाँको समर्पण, सद्भाव र योगदानको उच्च सम्मान गर्दै सुस्वास्थ्य, सुख, समृद्धि तथा सामाजिक, राजनीतिक एवं व्यावसायिक जीवनमा अझ उच्च सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।